अमेजनको सीईओ एन्डी जेस्सीले सम्हाल्ने

  २०७७ माघ २६ गते १४:२१     विकासन्युज

एजेन्सी । अमेजन कम्पनीमा सीईओको जिम्मेवारी एन्डी जेस्सीले सम्हाल्ने भएका छन् । हाल उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । आगामी जुलाई महिनाबाट लागू हुने गरी कम्पनीको सीईओबाट जेफ बेजोसले राजीनामाको घोषणा गरेका छन् ।

हार्वर्ड बिजनेस स्कुलबाट एमबीए गरेका जेस्सी अमेजन कम्पनीको सुरुवात देखि नै जोडिएका थिए । सुरुमा उनी मार्केटिक व्यवस्थापकका रुपमा अमेजनमा प्रवेश गरेका थिए । कम्पनीमा उनले प्राविधिक सहायकका रुपमा पनि काम गरेको अनुभव छ । उनले बिभिन्न भूमिका निर्वाह गरेका छन् ।
विश्वमा नम्वर वान कम्पनी बनाउनमा जेस्सीलाई श्रेय जान्छ ।

५३ वर्षिय जेस्सीको अमेजन कम्पनीमा जेस्सीको ३ करोड डलर बराबरको शेयर छ । उनको आधारभूत वार्षिक तलब १ लाख ७५ हजार डलर रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.