२०७७ माघ २६ गते १८:१८ विकासन्युज
काठमाडौं । विश्वकै दोस्रो धनी व्यक्ति हुन् एलन मस्क । नयाँ–नयाँ प्रयोग गर्नमा उनी माहिर छन् । चन्द्रमामा बस्ति बसाउन आफ्नो कमाईको आधा कमाई खर्चिने घोषणा गरिसकेका एलनले व्यापारका लागि एशियातिर आँखा लगाएका छन् ।
एलनको कम्पनी स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कर्पोरेसन (स्पेस एक्स) ले भारतमा सस्टारलिङ्क प्रोजेक्ट अन्तरगत स्याटेलाइट इन्टरनेट सेवा दिने भएको छ । अमेरिकी मिडिया न्युयोर्क टाइम्सका अनुसार स्पेस एक्सले पहिलो चरणमा एक सय एमबीपीएस गतिको स्याटेलाइटमा आधारित इन्टरनेट सेवा दिनेछ । इन्टरनेटका लागि ठूलो बजार मानिने भारतमा
भारतीय टेलिकम क्षेत्रमा हाल भारतकै सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स जिओको दबदबा छ । अब विश्वकै दोस्रो धनी व्यक्ति एलन मस्कले उक्त कम्पनीलाई टक्कर दिनसक्ने देखिएको छ । यो प्रोजेक्टका लागि कम्पनीले एक ट्रिलियन अमेरिकी डलर बजेट समेत छुट्याईसकेको छ । कम्पनीले भारतपछि चीनमा यो सेवा विस्तार गर्ने योजना बनाएको छ ।
एलन मस्कको कम्पनीले भारत सरकारसँग स्याटेलाइटमा आधारित ब्रोडब्याण्ड प्रविधि सञ्चालनका लागि अनुमतिपत्र माग गरेको छ । कम्पनीले सबै भारतीयहरुलाई लक्षित गर्दै ब्रोडब्याण्ड कनेक्टिभिटी पुर्याउने उद्देश्य राखेको छ । एलन मस्कको कम्पनी स्पेश एक्सका अनुसार यो इन्टरनेट सेवा सस्तो र छिटो हुने छ ।
भारतमा झण्डै ७० करोड इन्टरनेट प्रयोगकर्ता रहेको अनुमान छ । हरेक वर्ष यो संख्या थपिने क्रम तिब्र रुपमा बढिरहेको छ । अबको चार वर्षभित्र इन्टरनेट प्रयोगकर्ताको संख्या ९७ करोड ४० लाख पुग्ने अपेक्षा गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.