एलन मस्कको टेस्ला कम्पनीले १.५ बिलियन डलर बिट्क्वाइनमा लगानी गर्ने

  २०७७ माघ २७ गते १४:२१     विकासन्युज

एजेन्सी । एलन मस्कको टेस्ला कम्पनीले १.५ बिलियन डलर बिट्क्वाइनमा लगानी गर्ने जनाएको छ । पछिल्लो समय विद्युतिय मुद्रा बिट्क्वाइनको प्रयोग बढ्दै गएको छ । टेस्लाले विद्युतीय गाडी किन्ने उपभोक्ताबाट नगदको सट्टा विद्युतिय मुद्रा बिट्क्वाइनको प्रयोगलाई नै बढी मान्यता दिने भएको छ ।

टेस्लाका सिईओ एलन मस्कले बिट्क्वाइनको प्रयोगलाई महत्व दिएका हुन् । यस वर्ष बिट्क्वाइनको महत्व ५० प्रतिशतले बढेको फाइनान्सियल एक्सप्रेस डट्कम ले जनाएको छ । एलनले सोसल मिडियामार्फत बिट्क्वीनको प्रचार–प्रसार गर्दै आएका थिए । सन् २०२१ को जनवरीमा टेस्लाले नगद भन्दा बिट्क्वाइनलाई बढी प्राथमिकता दिने लक्ष्य लिएको छ । आगामि दिनमा टेस्लाका उत्पादनहरु खरिद गर्न अब नगदको सट्टा बिट्क्वाइन प्रयोग गर्न सकिनेछ । टेस्लाले अमेरिका र विश्व बजारमा विट्क्वाइनको प्रयोग बढाउने लक्ष्य लिएको छ । गत अक्टोबरमा पेपलले उपभोक्ताहरुलाई क्रिप्टोकरेन्सीमा जोड दिने घोषणा गरेको थियो ।

१२ वर्ष पुरानो बिट्क्वाइन सन् २०२० पछि आएर यसको मूल्य बढेको थियो । ‘सम्भबत: यो क्रिप्टोकरेन्सी उद्योगकै सबैभन्दा ठूलो विकास हो ।’ थिंकमार्केट्सका फवाद राजाक्जादाले भनेका छन् । टेस्ला कम्पनी अटो बजारका क्षेत्रमा मुख्य खेलाडी बन्ने भएको छ । आउने दिनमा नगदको सट्टा डिजिटल करेन्सीलाई यसले स्थापित गर्ने रणनिती लिएको छ । मार्केट्स डट्कम का चिफ मार्केट्स विश्लेषक नेइल विल्सनका अनुसार टेस्लाको यो घोषणाले बिट्क्वाइनको कारोबारलाई अझ बढाउने छ । एलनको प्रभावले क्रिप्टोकरेन्सीको बजारलाई थप बढावा दिने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.