संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साटे: जनार्धन शर्मा

  २०७७ माघ २८ गते १६:००     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका कर्णाली प्रदेशका इन्चार्ज जनार्धन शर्मा प्रभाकरले जनताको ठूलो बलिदानीबाट प्राप्त संघीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साटेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले बिहिबार काठमाडाैंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दे उनले कुर्सी र पदसंग प्रधानमन्त्री ओलीले संविधान र संघीयता साट्ने काम गरेको बताएका हुन् ।

‘संविधानलाई केपी ओली जीले कुर्सी संग साट्नुभयो । संघीयतालाई उहाँले पदसंग साट्नुभयो’, उनले भने ।

उनले राजनीतिक पार्टीका सिमित नेतामा असिमित अधिकार दिने काम भएको र त्यही असिमित अधिकार केपी ओलीलाई दिएकाले अहिलेको परिणाम निम्तिएको तर्क गरे । उनले त्यसको समिक्षा पार्टीले गर्नुपर्ने र जिम्मा पनि लिनुपर्ने भन्दै आफ्नो तर्फबाट आफुले जिम्मा लिन तयार रहेको बताए ।