२०७७ माघ २९ गते १७:५७ विकासन्युज
काठमाडौं । अब एक रुपैयाँ तिरेर एटीएमबाट पानी पिउन सकिने भएको छ । आज काठमाडौंमा वाटर एटिएम सञ्चालनमा आएसँगै एक रुपैयाँमा पानी पिउन सकिने भएको हो ।
आज खानेपानी मन्त्री मणिचन्द थापाले बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा वाटर एटीएमको उद्घाटन गरेका छन् ।
मन्त्री थापाले आधुनिक प्रविधिसँग जोड्दै काठमाडौँ महानगपालिकासँगको सहकार्यमा पहिलो पटक ‘वाटर भेन्डिङ मेसिन’को उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए । ‘आजै हामीले रत्नपार्क क्षेत्र, स्वयम्भू र बालाजु गरी तीन ठाउँमा ‘वाटर भेन्डिङ मेसिन’ को उद्घाटन गरेका छौँ,’ मन्त्री थापाले भने ।
उनका अनुसार पहिलो चरणमा उपत्यकाका १५ स्थानमासञ्चालन गर्ने तयारी छ । विस्तारै मुलुकभरीकै सहरमा यो व्यवस्था लागु हुनेछ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले करिब २ करोडको लगानीमा उपत्यकाका १५ स्थानमा यस्तो मेसिन राख्ने तयारी स्वरुप पहिलो चरणमा तीन स्थानको उद्घाटन गरेको बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.