रिचार्जरको भ्यालेन्टाईन अफर: मात्र ५ हजार ९९९ मा पोखरा हेलिराइड

  २०७७ फागुन २ गते १०:३९     विकासन्युज

काठमाडाैं । नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पोखरा हेलिराइड अफर ल्याएको छ । रिचार्जरबाट पोखरा साइट सीन बुकिङ् गर्नेले मात्र ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलिराइडकाे अफर ल्याएको हो । अफरमा सहभागी हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गेरेकाे छ ।

यसका साथै रिचार्जरले एपका नयाँ प्रयोगकर्तालाई २ हजार क्यासप्वाइन्ट उपलब्ध गराउने भएको छ । यसका लागि गूगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्नु पर्ने हुन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट वस्तु तथा सेवा खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।

साथै ‘भ्यालेन्टाइन्स डे’ को अवसरमा रिचार्जरबाट गिफ्टहाम्पर प्याकेज, केक, रोज, पर्फ्युम, मोबाइल, ल्यापटप लगायतका ग्याजेट्स खरिद गर्दा आकर्षक छुट समेत प्रदान गरिने रिचार्जरले जनाएको छ ।