प्रचण्ड माधव समूहद्धारा चौथो चरणको आन्दोलन घोषणा

  २०७७ फागुन २ गते १६:००     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे प्रचण्ड माधव समूहले सरकारको प्रतिगमन विरुद्ध चौथो चरणको आन्दोेलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड माधव समुहले फागुन ५ देखि १५ गते सम्म काठमाडाैं लगायत मुलुकभर विरोध प्रर्दशन ,सभा तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको हो ।

उक्त अभियान अन्तर्गत १५ गतेसम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिक जसो विरोध प्रर्दशनका कार्यक्रम हुने भएका छन् । प्रचण्ड माधव समुहले प्रतिगमनविरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा ठूलो विरोध प्रर्दशन गर्ने भएको छ । यस्तै संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमन विरुद्ध फागुन ७ देखि १५ गते सम्म हस्ताक्षर कार्यक्रम गरिने भएको छ ।

प्रचण्ड माधव समुहले नेपालगञ्ज र जनकपुरमा पनि ठूलो सभा गर्ने तयारी गरेको छ । ती स्थानमा गरिने सभाको मिति पटि टुंगो लगाउने केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलेको असंबैधानिक र निरंकुश कदम,अलोकतान्त्रिक ढंगले जारी गरेको अध्यादेश मार्फत संबैधानिक निकायका पदाधिकी नियुक्त गरि संविधान र कानुनको ठाडो उलंघन गर्ने काम भएको भन्दै ती सबै नियुक्ति खारेजी गरी संविधान एवं कानुन कार्यान्वयनको अवस्थामा ल्याउन आफुहरुले देशव्यापी संघर्षको कार्यक्रम गरेको नेता भट्टराईले बताए ।