२०७७ फागुन ३ गते ११:४७ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका सहकर्मीहरुले फौजदारी अभियोग लगाएर सरकारलाई असहयोग गर्न खोजेपछि आफुले संसद विघटन गरेको बताएका छन् ।
आज आफु नेतृत्वको सकरारले ३ वर्षमा गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्दै उनले सो कूरा बताएका हुन् ।
यस्तै, उनले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको पनि बताएका छन ।
पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.