अष्ट्रेलियन मिडिया र प्रयोगकर्तालाई फेसबुकमा समाचार हेर्न, सेयर गर्न बन्देज

  २०७७ फागुन ६ गते १५:१५     विकासन्युज

एजेन्सी । अष्ट्रेलियन मिडिया र प्रयोगकर्तालाई फेसबुकले नयाँ निती ल्याएको छ । विहिबारदेखी अष्ट्रेलियामा फेसबुक प्रयोगकर्ता र मिडियाले अब टाइमलाइनमा समाचार सेयर गर्न, हेर्न नपाउने भएका छन् । अष्ट्रेलियन सरकारले यसमा कडा असहमति जनाएको छ ।

अष्ट्रेलियन सरकारले यसअघि फेसबुक र गुगलका लागि नयाँ कानुन ल्याएको थियो । जसअनुसार अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री प्रयोग गरेबापत मिडिया कम्पनीलाई पैसा तिर्नुपर्ने व्यवस्था उल्लेख छ । यस कानुनमा असहमति जनाउँदै फेसबुक पैसा नतिर्ने प्रतिक्रिया दिएको थियो । बरु फेसबुकमा समाचार सेयर गरेर अष्ट्रेलियन मिडियाहरुरले ४ सय ७ मिलियन अष्ट्रेलियन डलर कमाएको दाबी गरेको छ ।

गत जनवरीमा अष्ट्रेलियाको सिनेटमा भएको सुनुवाइका क्रममा फेसबुकले प्रस्तावित विधेयक कानुन लागु भए आफूलाई त्यो मान्य नहुने प्रतिक्रिया दिएको थयो । यस विधेयकका विपक्षमा आफ्नो विचार राख्दै अष्ट्रेलियाली फेसबुक प्रयोगकर्ताको न्युज फिडमा समाचार आउन नदिने र सेयर गर्न नदिने जानकारी गराएको थियो । ‘फेसबुकको निर्णय अनाबश्यक र गलत छ ।’ सरकारी अधिकारी जोस फ्राइडेनबर्गले टिप्पणि गर्दै भनेका छन् ‘यो निर्णयले ठूलो असर गरेको छ ।’

गुगलले भने अष्ट्रेलियन मिडियासँग साझेदारी नै गरिसकेको छ । गुगलले हालै तीन वटा ठूला मिडिया कम्पनीसँग साझेदारी गरेर मिडियाका सामग्री प्रयोग गरेबापत निश्चित रकम तिर्ने सम्झौता गरिसकेको छ । गुगलले अष्ट्रेलियन समाचार पत्रका मालिक रुपर्ट मुर्डोचको कम्पनीसँग सम्झौता गरेको केही समयमै फेसबुकले यस्तो घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.