‘अब विकासका लागि सञ्चार होइन सम्वृद्धिका लागि सञ्चार’

  २०७७ फागुन ६ गते १६:५८     विकासन्युज

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले सञ्चारजगतमा प्रयोग हुने नारा परिवर्तन भएको बताएका छन् ।

हालसम्म नेपाली सञ्चारमाध्यममा प्रयोग हुने नारा विकासका लागि सञ्चारलाई परिवर्तन गरी सम्वृद्धिका लागि सञ्चार नारा प्रयोग गर्नको लागि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको बताए ।

उनले यो सरकारको निर्णय नभई प्रस्ताव मात्र भएको स्पष्ट पारे । उनले अब सरकारी सञ्चार माध्यम लगायत निजी सञ्चार माध्यमले पनि सम्वृद्धिका लागि सञ्चार नारा प्रयोग गर्न आग्रह गरे ।

सरकारले सम्वृद्धिको नारा लिएकोले सञ्चारमा पनि यो नारा सिर्जना गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.