फेसबुक अस्ट्रेलियासँग वार्ता गर्न तयार

  २०७७ फागुन ९ गते १५:२१     विकासन्युज

एजेन्सी । अस्ट्रेलियाली मिडिया र फेसबुक प्रयोगकर्ताहरुलाई समाचार सेयर गर्न र पढ्न बन्देज लगाएको एक दिन पछि फेसबुक वार्ताका लागि तयार भएको छ । अस्ट्रेलियाका प्रमुख समाचार आउटलेट नाइन इन्टरटेन्मेन्ट को न्युज कोर्प  अस्ट्रेलियासँग वार्ताका लागि तयार भएको हो । मिडियाका विषयवस्तु प्रयोग गरेबापत उचित रकम तिर्न फेसबुक तयार रहेको संकेत देखाएको हो ।

एक महिना अगाडी अस्ट्रेलिया सरकारले अनिवार्य आचारसंहिताको मस्यौदा सार्वजनिक गरेको थियो । उक्त मस्यौदामा व्यावसायिक मिडिया कम्पनीले उत्पादन गरेका समाचार, विषयवस्तु प्रयोग गरेबापत फेसबुक र गुगलले निश्चित रकम भुक्तानी गर्न आदेश दिएको थियो । गत बिहिबार सामाजिक सञ्जाल फेसबुकको निर्णयले अस्ट्रेलियाली प्रयोगकर्ताहरु स्तब्ध भएका थिए । फेसबुकले आफ्नो प्लेटफर्ममा समाचार सेयर गर्न, पढ्न बन्देज लगाएको थियो । यस्तै सरकारका स्वास्थ्य र आपतकालिन फेसबुक पेज बन्द गरिएका थिए ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग आफै यो निर्णयमा सरिक भएका थिए । अहिले उनै जुकरबर्ग समाचार संस्थासँग वार्ता गर्न र जरिवाना तिर्न तयार भएको अस्ट्रेलियन मिडिया द सन्डे मर्निङ हेराल्ड ले लेखेको छ । ‘मार्क जुकरवर्गसँग रचनात्मक छलफल भईरहेको छ ।’ अस्ट्रेलियन अधिकारी जोस फ्राइडेनबर्गले द सन हेराल्ड द सन्डे एज सँग कुरा गर्दै भनेका छन् । फेसबुकको निर्णयले सरकार र मिडिया उद्योग स्तब्ध भएको थियो ।

यसअघि गुगलले न्युज कर्प, सेभेन वेस्ट मिडिया, गार्जिनयन अस्टेलिया र साना मिडिया आउटलेट जंकी  जस्ता प्लेटफर्मलाई निश्चित रकम तिर्न सम्झौता नै गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.