आम्दानी र बचत व्यवस्थापनमा सघाउने नेपाली एप ‘फाइनान्सियल ट्र्याकर’

  २०७७ फागुन २० गते १३:५८     विकासन्युज

काठमाडौं । आम्दानी व्यवस्थापन तथा बचत गर्न सघाउन ‘फाइनान्सियल ट्र्याकर’ एप सार्वजनिक भएको छ । ‘कमाऔं, बचाऔं र बढाऔं’ नारा दिएर आरिया टेक्नोलोजीले वित्तीय साक्षरतामा सघाउने उद्देश्यले यो एप निमार्ण गरेको हो ।

फाइनान्सियल ट्र्याकरमा नेपाली भाषा, नेपाली मिति सहितका सुविधा छन् । आम्दानी र खर्चको विवरणका साथै यस एपमा ऋण र सम्पत्ति समेत पनि समावेश गर्न सकिन्छ । कम्पनीका सह-संस्थापक तथा प्रबन्ध निर्देशक मनोज भुषालका अनुसार एपमा भएको ‘गोल’ फिचरले सम्पत्तिको लक्ष्य निर्धारण गर्न र यसलाई पछ्याउँन सकिन्छ ।

यो एप अफलाइनमा पनि चलाउन सकिन्छ । वित्तीय साक्षरतासम्बन्धी सामग्री हेर्न भने इन्टरनेटको आवश्यकता पर्छ । प्रयोगकर्ताले मोबाइल नम्बर राखेर एप प्रयोग गर्न सक्नेछन् । यस एपमा वित्तीय साक्षरतासम्बन्धी भिडियो, ब्लग समेट्ने कम्पनीको योजना छ । ऋण कहााबाट लिने, ख्याल राख्नुपर्ने नीति नियम, बीमा, आईपीओ भर्ने, मोबाइल बैंकिङ तथा वालेट प्रयोग गर्ने तरिका लगायतका जानकारी पाइनेछ । कम्पनीका सह–संस्थापक भुषालले भने ।

यो एप अफलाइनमा पनि चलाउन सकिन्छ । वित्तीय साक्षरतासम्बन्धी सामग्री हेर्न भने इन्टरनेटको आवश्यकता हुन्छ । प्रयोगकर्ताले मोबाइल नम्बर राखेर एपको प्रयोग गर्न सक्छन् । एपमा वित्तीय साक्षरतासम्बन्धी भिडियो, ब्लगजस्ता सामग्री समेट्ने कम्पनीको योजना छ । ऋण कहाँबाट लिने, ख्याल राख्नुपर्ने नीति नियम, बीमा, आईपीओ भर्ने, मोबाइल बैंकिङ तथा वालेट प्रयोग गर्ने तरिका यसमा समेटिने कम्पनीले जनाएको छ ।

कम्पनीका अर्का सह–संस्थापक विभोर कायस्थ हुन् । उनी वित्तीय साक्षरताका प्रशिक्षक समेत हुन् । कामका लागि भारत जाने नेपाली कामदारहरुलाई उनले तालिम तथा प्रशिक्षण दिने गर्थे । उनले आईएनजीओमार्फत नेपालका ग्रामीण क्षेत्रका नागरिकलाई त्यससम्बन्धी तालिमहरु दिएका छन् । ‘अचेल सबैको हातमा मोबाइल र इन्टरनेट पुगेकोले आम्दानी तथा बचतको साधनको रुपमा प्रयोग गर्न मिल्ने यो एप बनाएका हौं ।’ कायस्थले भने ।

यो एपका प्रयोगकर्ताहरूको संख्या बढ्दै गए मोबाइल बैंकिङ तथा वालेटहरुलाई समेत इन्टरलिङ्क गराउने कम्पनीको योजना रहेको उनले बताए । एन्ड्रोइड र आईओएस दुवै भर्सनमा उपलब्ध यो एप नि:शुल्क रुपमा डाउनलोड तथा प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.