२०७७ चैत ३ गते १८:३१ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाइन ट्रेडिङ सिस्टम सञ्चालनमा ल्याएपछि त्यसमा लगानीकर्ताले विभिन्न समस्या भोग्दै आएका छन् । ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा रजिष्ट्रेसन गर्दा नै विभिन्न समस्या आउने गरेको भन्दै उनीहरुले नेप्सेमा गुनासो गरेका हुन् ।
उनीहरुको गुनासो तथा जिज्ञासालाई सम्बोधन गर्दै नेप्सेले केही सुझावहरु दिएको छ । अनलाइन सिस्टमको बारेमा लगानीकर्ताले गर्ने विभिन्न जिज्ञासामध्ये नेप्सेले तीमध्ये दोहोरिने किसिमका जिज्ञासालाई सम्बोधन गरेको हो ।
टीएमएसमा रजिष्ट्रेशन प्रकृया पुरा भइसकेपछि इमेल प्राप्त भएन भने के गर्ने ?
यदि, ब्रोकरले तपाईंको खाता खोलेको हो भने, टीएमएसमा तपाईंको सही इमेल प्रविष्टि भएको छ वा छैन ब्रोकर मार्फत यकिन गर्नुपर्ने छ ।
यदि तपाई आफैले अनलाइन रजिष्ट्रेसन मार्फत खाता खोल्नु भएको अवस्थामा पनि इमेल नआएमा ब्रोकरसंग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुपर्ने छ । सिस्टमले रिप्लाइ गरेको इमेल कहिलेकहीं ‘स्पाम’ मा बस्ने गरेको हुँदा इमेलको स्प्याम सेक्सनमामा पनि चेक गर्नुपर्ने छ ।
टीएमएसमा रजिष्ट्रेशन गर्दा ‘दुप्लिकेट बीओआईडी‘ इरर आएमा के गर्ने ?
टीएमएसमा रजिष्ट्रेशन गर्दा ‘दुप्लिकेट बीओआईडी’ इरर आएमा लगानीकर्ता आफुले खाता खोल्न चाहेको ब्रोकरलाई ईमेल गर्नुपर्ने छ । ईमेल गर्दा उनीहरूले बीओआईडी/डीम्याट नम्बर र क्लाइन्ट काेड काे विवरण राख्नु पर्ने नेप्सेले जनाएकाे छ ।
टीएमएसमा नागरिकता नम्बर, नागरिकता जारी गरेकाे मिति वा नागरिकता जारीकाे जिल्ला नमिलेमा वा ‘दुप्लिकेट नागरिकता’ इरर आएमा के गर्ने ?
टीएमएसमा रजिष्ट्रेशन गर्दा माथि उल्लेखित समस्या आएमा लगानीकर्ताले आफ्नो ब्रोकरलाई तल दिईएका विवरण राखी ईमेल गर्नुपर्छ । जसमा उनीहरूले बीओआईडी/डीम्याट नम्बर, क्लाइन्ट काेड, सहि नागरिकता नम्बर, सहि नागरिकता जारी गरिएकाे मिति र स्थान उल्लेख गरी इमेल गर्नुपर्ने नेप्सेले जानकारी दिएकाे छ ।
सपाेर्टमा सम्पर्क गर्दा के के विवरण चाहिन्छ ?
सपाेर्टमा सम्पर्क गर्दा बीओआईडी/डीम्याट नम्बर, क्लाइन्ट काेड र ब्राेकरकाे नाम र नम्बर सहि हुनुपर्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.