२०७७ चैत ९ गते १०:५४ विकासन्युज
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य २४२ रुपैयाँ तोकिएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ३१३ रुपैयाँमा भएको थियो ।
यससँगै अबको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता २४२ रुपैयाँदेखि कारोबार शुरु हुने छ ।
थापाथलीमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५७ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको बजार पुँजीकरण ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.