नेप्सेमा लघुवित्तसहित चार कम्पनीको सेयर सूचीकृत, सबैभन्दा बढी बोनस सेयर

  २०७७ चैत १६ गते १२:४७     विकासन्युज

काठमाडौं । सोमबार नेप्सेमा विभिन्न चार संस्थाको सेयर सूचीकृत भएको छ । चैत १६ गते एकैदिन दुई लघुवित्त र दुई विकास बैंकको बोनस र हकप्रद गरी कूल २८ लाख ४६ हजार ३१ कित्ता सेयर सूचीकृत भएको छ ।

जसमध्ये सबैभन्दा बढी बाेनस सेयर सूचीकृत भएकाे छ ।

त्यसमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको ९ प्रतिशत र एनएमबि लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । यी दुई संस्थाको क्रमशः ६ लाख ४ हजार ३७० कित्ता र ८ लाख ६१ हजार ८७३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, पोखरा फाइनान्सको ५ प्रतिशत अर्थात ४ लाख ५८ हजार ६४० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, साहरा विकास बैंकको भने हकप्रद सेयर सूचीकृत भएको हो । संस्थाको ९ लाख २१ हजार १४८ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

यससँगै यी कम्पनीको सेयर केहि दिनमै सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.