२०७७ चैत १७ गते १६:२६ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् । मंगलबार रिपोर्टस क्लबको २३औं वार्षिकोत्सव कार्यक्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने उद्घोष गरेका हुन् ।
‘यो सरकारले लोकप्रिय काम गरिरहेको छ, कसैलाई आपत्ति लाग्छ भने यो सरकारले अझै साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको दर बढाउँछ,’ उनले भने ।
सामाजिक सुरक्षा भत्ता कति बढाउने भन्ने बारे भने उनले खुलानन् । हाल सामाजिक सुरक्षा भत्ता मासिक ३ हजार रुपैयाँ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.