२०७७ चैत २५ गते १७:२२ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डका पछिल्ला निर्णय र कार्यले पुँजीबजारमा नयाँनयाँ कीर्तिमान कायम हुँदै गएको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएशन अफ नेपालले आयोजना गरेको आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालिममा उनले सो बताएका हुन् ।
साथै, उनले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिए । गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्ने उनले बताए ।
यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिए ।
कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले यस्ता तालीम देशव्यापी आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए ।
एशोसिएशनले समाचार सम्प्रेषण गर्ने पत्रकारको क्षमता अभिवृद्धि भएमात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.