फागुनमा कनेक्ट आईपीएस मार्फत १ खर्ब १० अर्ब रुपैयाँको कारोबार, माघको भन्दा ६ अर्ब बढी

  २०७७ चैत ३१ गते १२:४३     विकासन्युज

काठमाडौं। पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको संख्यामा बृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ अनुसार फागुन महिनामा हालसम्मकै उच्च कारोबार भएको हो ।

उक्त तथ्यांक अनुसार गत महिनाको तुलनामा फागुन महिनामा मात्र ६ अर्ब १७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकको तथ्यांक अनुसार फागुनको एक महिनामा मात्र कनेक्ट आईपीएस मार्फत एक खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत माघ महिनामा एक खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको थियो ।

यो अबधिमा १६ लाख पटक कनेक्ट आईपीएसको प्रयोेग भएको छ । माघ महिनामा १५ लाख ४५ हजार पटक प्रयोग भएको थियो ।

पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा बृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.