२०७८ वैशाख २ गते १३:३३ विकासन्युज
काठमाडाैं । भायानेटले सुलभ दरमा ग्राहकहरुलाई द्रुत गतिकाे इन्टरेट सेवा प्रदान गर्नकाे लागि भायानेट स्पीडी अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकहरुले निकै सस्ताेमा १०० एमबीपीएससम्मको स्पीड भएका इन्टरनेट सेवन पाउन सक्नेछन् ।
भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सक्नेछन् ।
कम्पनीकाे अनुसार त्यसमाथि १ हजारको रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै निशूल्क प्राप्त गर्न सकिनेछ । यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जानकारी दिएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.