एनआईसी एशिया बैंकको मोबाइल एपमा अब कष्टमर केयर सेवा

  २०७८ वैशाख ५ गते १८:३९     विकासन्युज

काठमाडौं । अब एनआइसी एसिया बैंकको एप मार्फत कष्टमर केयरको सेवा पनि पाइने भएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले अब एप मार्फत नै कष्टमर केयर सेवा प्रदान गर्ने भएको हो ।

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा कष्टमर केयरको सेवा सुरुवात गरेको हो ।

‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवातथा सुविधाहरूलाई डिजिटल मैत्रीबनाउने क्रममा यो सेवाबाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ ।

सो एपमा च्याटबटको सुविधा पनि छ । मोबाइल बैंकिङ्ग एप भित्र रहेको यो सुविधा भित्र ग्राहकले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर,मर्चेन्ट भुक्तानी), विदेशीविनिमय दर, गुनासो, अलाइनएप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमाजानकारी पाउनको लागिसोझै च्याटमार्फत सजिलै प्राप्तगर्न सकिने छ ।

यस्तै, सो एपमार्फत बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, ईमेल सुविधा र फ्याक्सको सुविधा रहेको छ ।

ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमाआफ्नो मोबाइलप्रयोग गरी यस बैंकका सेवा सम्बन्धीजानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्गआवश्यकतालाई हरसम्भव बैंक समक्ष पु¥याउन यो सुरुवातनिकै प्रभावकारी हुनुका साथै यसबाटग्राहकमहानुभावहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकको मुलुकभर ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुनपुगेको छ ।

२२ लाखभन्दा बढी ग्राहकसाथ सञ्चालनमा रहेको यस बैंककाप्रमुखवित्तीय परिसूचकहरू उत्साहप्रद छन् । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानीगरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.