साधना लघुवित्तको बोनस सेयर सूचीकृत
२०७८ वैशाख ७ गते १५:४४ विकासन्युज
काठमाडौं । साधना लघुवित्तको वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको १८ प्रतिशत अर्थात ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।