मध्य भोटेकोशीले साढे एक अर्बको आईपीओ जारी गर्ने

  २०७८ वैशाख ७ गते १७:१७     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले २५ प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैशाख ५ गते मात्रै यस संस्थालाई अंकित मूल्य १०० को एक करोड ५० लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले एक अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी सो मात्राको सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो ।

सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।