२०७८ वैशाख ९ गते ११:३० विकासन्युज
काठमाडौं । आज (बैशाख ९ गते) कारोबार खुलेको ५ मिनेट नबित्दै बिशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन ११ बजेर ५ मिनेटको अवधिमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
साढे ३ महिनापछि प्रतिकित्ता २८८० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बढेर ३१६८ रुपैयाँ पुगेको छ । जुन शुरुवाती मूल्यको तुलनामा २८८ रुपैयाँले बढी हो ।
यो समाचार तयार पार्दासम्म अर्थात ११ बजेर १५ मिनेट जाँदासम्म कम्पनीको ४२ हजार २९१ कित्ता सेयर माग देखिएको छ भने बेच्ने कोही पनि देखिएका छैनन् ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले साढे ३ महिना अवधिपश्चात बिशाल बजार कम्पनीको सेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हाे । कम्पनीकाे २०७७ माघ १८ गतेदेखि सेयर काराेबार रोक्का भएको थियाे । कम्पनीले भने बमोजिमको वित्तीय विवरणहरु पेश निर्देशन दिँदा पनि कम्पनीले पेश नगरेकोले नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको थियो ।
सम्बन्धित समाचार
साढे ३ महिनापछि नेप्सेले फुकुवा गरिदियो बिशाल बजारको सेयर कारोबार
Copyright © 2024 Bikash Media Pvt. Ltd.