आरम्भ चौतारी लघुवित्तको नाफा १९१ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ

  २०७८ वैशाख १२ गते १०:२३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको खुद नाफा १९१ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तसम्म २ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको संस्थाले चालु आवको सोहि अवधिसम्ममा ७ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले सार्वजनिक गरेको चालु आवको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी क्रमशः ११९.१८ प्रतिशत र ११३.२० प्रतिशतले बढेको छ । समिक्षा अवधिमा संस्थाले २० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी र २७ करोड ४५ लाख रुपैयाँ बढी सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन नाफा पनि साढे १८५ प्रतिशतले बढेर १२ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी बढेर २८ करोड ६७ लाख रुपैयाँ पुगेको छ । रिजर्भ एण्ड सरपल्सको रकम ११९ प्रतिशतले बढेर १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म संस्थाले १ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८४ प्रतिशतले बढी हो ।

त्यस्तै, लघुवित्तको निष्किृय कर्जा (एनपीएल) २.५३ प्रतिशतबाट बढेर ३.६५ प्रतिशतमा पुगेको छ । त्यस्तै, कष्ट अफ फण्ड घटेर ६.५६ प्रतिशतमा पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी(वार्षिक) बढेर ३६.४२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ रहेको छ ।

आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा मर्ज भई आरम्भ चौतारी लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् । जसले गत २०७७ असार २२ गतेदेखि एकिकृत कारोबार शुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.