२०७८ वैशाख १५ गते १३:०४ विकासन्युज
काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा २६६.६७ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत वर्षको चैत मसान्तमा ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले चालु आवको सोहि अवधिमा २७ करोड ३७ लाख रुपैयाँ कमाएको छ ।
समिक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी भने घटेको छ । ब्याज आम्दानी घटेपनि अन्य आम्दानी बढ्दा खुद नाफा बढेको हो । गत आवको चैत मसान्तसम्ममा २५ करोड ३१ लाख रुपैयाँ खुद आम्दानी गरेको संस्थाले चालु आवको सो अवधिमा २२ करोड ७९ लाख रुपैयाँ मात्रै त्यस्तो आम्दानी गरेको छ ।
यस अवधिमा फाइनान्सले ५८ करोड ११ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी र ३९ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन गत वर्षको तुलनामा बढी हो ।
चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७८ करोड ५१ लाख रुपैयाँ छ । समिक्षा अवधिमा फाइनान्सले ७ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले ६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
फाइनान्सको खराब कर्जा ४.८७ प्रतिशतबाट घटेर ३.७४ प्रतिशतमा झरेको छ । सीडी रेसियो घटेर ७३.११ प्रतिशतमा झरेको छ । त्यस्तै, बेस रेट र स्प्रेड रेट घटेर क्रमशः ९.५२ प्रतिशत र ४.७५ प्रतिशतमा झरेको छ ।
फाइनान्सको प्रतिसेयर आम्दानी बढेर ४२.०५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९५.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.१३ गुणा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.