भिड बढेपछि कालिमाटी तरकारी बजारमा जोरविजोर लागु

  २०७८ जेठ १२ गते १५:५५     विकासन्युज


काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जोरबिजोर लागु गरेको छ ।

तरकारी लिन आउनेको भिड लागेको भन्दै समितिले गत सोमबारदेखि चारपाग्रे सवारीमा जोरविजोेर लागु गरेको हो । निषेधाज्ञाको समयमा सिमित समयका खुल्ने बजारमा धेरै भिडभएपछि उक्त प्रणाली लागु गरिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जोर दिनमा जोर नम्बर तथा बिजोर दिनमा बिजोर नम्बरका सवारीसाधनलाई मात्र बजारमा प्रवेशको अनुमति दिईएको छ ।

निषेधाज्ञाको समयका बिहान १ बजेदेखि ९ बजेसम्म मात्र बजार खुला हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.