साल्ट ट्रेडिङले यी वस्तुमा दिन्छ २० प्रतिशत छुट

  २०७८ जेठ २० गते १७:०८     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले निषेधाज्ञा अबधिभर पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेलमा छुट दिने भएको छ ।

कम्पनीले आप्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुटमा दिने जनाएको हो । कम्पनीले २ किलो पिठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिनेछ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बार्षिक आय व्यक्त वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलल निषेधाज्ञा अबधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ किन्दा छुट पाइने बताएका थिए ।

‘निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेनिङ कर्पाेरेशनबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको बिक्री मूुल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ’, अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्य १५ पृष्ठमा भनिएको छ ।

बजेट वक्तव्यमा व्यवस्था भएअनुसार कम्पनीले उक्त खाद्य पदार्थमा छुट दिने भएको हो । कम्पनीले उक्त छुट बिक्री कक्षमा आउने उपभोक्तालाई नागरिकताको प्रमाणपत्रको आधारमा दिने जनाएको छ ।

छुट पछि अब पिठोको मूल्य ४४, चिनीको मूल्य ६३, नून, १६, तेल १८८ र ग्यास ११२० मा पाइनेछ ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ किलो कर्णालीको सिमी र ३० किलो चामलमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
दुबै कम्पनीको छुट शुक्रबारदेखि निषेधाज्ञा अबधिभरसम्म रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.