काठमाडाैं उपत्यकाकाे फेरियो खानेपानी आउने तालिका, ललितपुरमा १२ दिनमा एकपटक मात्रै

  २०७८ जेठ ३१ गते १०:४२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल) खानेपानी वितरणको तालिकामा फेरबदल भएको छ ।

बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ । मेलम्ची आयोजनाका अनुसार मर्मत संहारको लागि २ महिना लाग्ने अनुमान गरिएको छ ।

यससँगै अब विभिन्न स्थानमा आउने खानेपानीको समय परिवर्तन भएको छ । दैनिक १७ करोड लिटर पानी आइरहेको मेलम्ची परियोजनाबाट अबको २ महिना पानी नआउने भएपछि उपत्यकामा खानेपानी वितरणको तालिका फेरिएको हो । जसबाट सबैभन्दा बढी प्रभाव ललितपुरको सानेपा, कुपन्डोल क्षेत्रमा पर्ने देखिएको छ ।

ललितपुरको सानेपा, कुपन्डोल, मंगलबजार क्षेत्रमा अब १२ दिनमा एकपटक मात्रै खानेपानी वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

अबको २ महिनाका लागि सार्वजनिक भएको तालिका अनुसार कीर्तिपुरमा सबैभन्दा धेरै २ दिन बिराएर खानेपानी वितरण हुने उल्लेख छ । यस्तै विभिन्न स्थानमा ४ दिन, ५ दिन, ७ दिन र ९ दिनको अन्तरमा खानेपानी वितरण हुने सूचनामा उल्लेख छ ।

मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमिट आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले पानी आउने सूचीमा फेरबदल गरेको लिमिटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.