आजदेखि निषेधाज्ञामा खुकुलो, स्टेशनरी देखि हार्डवेयर पसल सञ्चालन गर्न पाइने

  २०७८ असार १ गते १०:१५     विकासन्युज

काठमाडौं । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ । असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञामा आजदेखि स्टेशनरी पसलदेखि हार्डवेयर पसल सञ्चालन गर्न पाईने भएको हाे ।

यसअघि बिहानमात्र किराना तथा डिपार्टमेण्टल स्टोरहरु खुला भएकोमा आजदेखि उक्त पसलहरु सञ्चालन गर्न सकिने भएको हो । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहान ११ बजेसम्म किराना, डिपार्टमेण्टल स्टोर तथा स्टेशनरी पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यस्तै बेलुका ४ बजेपछि हार्डवेयर पसल सञ्चालन गर्न पाइनेछ भने अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । निषेधाज्ञा खुुकुलो भएसगैँ बजारमा चहलपहल बढ्न थालेको छ ।

यसअघि बिहान ९ बजेसम्म मात्र खाद्यान्न पसल सञ्चालन भएको छ भने अनलाइन डेलिभरीलाई समेत रोक लगाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.