पेट्रोलियम ढुवानीको अवरोध हट्यो, ट्याकर चालकलाई भोलीदेखि खोप

  २०७८ असार १ गते १५:४६     विकासन्युज

काठमाडौं । कोरोना विरुद्धको खोप नपाएको भन्दै आन्दोलित बजेका ट्यांकर चालकलाई सरकारले खोप उपलब्ध गराउने भएको छ ।

अन्य क्षेत्रमा खोप दिएपनि अतिआवश्यक सेवाको रुपमा रहेको पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालक तथा सहचालकलाई खोप नदिएको भन्दै उनीहरु आन्दोलित बनेका थिए ।

नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ ।

भोलिबाट खोप लगाउने भएसगैँ आन्दोलनका कार्र्यक्रम फिर्ता भएको संघले जनाएको छ । एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएसगैँ आन्दोलनका कार्यक्रम फिर्ता लिईएको संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।

उनका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ ।

बुधबारदेखि थानकोट डिपोबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् । पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरुले आइतबारदेखि ढुवानी बन्द गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.