प्रदेश १ द्वारा खेलकुदमा १६ कराेड बजेट विनियाेजन
२०७८ असार १ गते १५:५३ विकासन्युज
काठमाडाैं । प्रदेश १ ले खेलकुद क्षेत्रकाे विकासकाे लागि १६ कराेड बजेट विनियाेजन गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आर्थिक वर्ष २०७८/७९ काे बजेट प्रस्तुत गर्दै यस्ताे जानकारी दिएका हुन् ।
प्रदेश सरकारले प्रस्तुत गरेकाे यो चौथो बजेट हो ।