लुम्बिनी प्रदेशले मृगौला प्रत्यारोपण गर्न थप २ लाख सहयोग गर्ने

  २०७८ असार १ गते १६:०६     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मृगौला प्रत्यारोपणका लागि थप २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा अर्थमन्त्री वैजनाथ चौधरीले उक्त कुरा बताएका हुन् ।

उनले केन्द्रीय सरकारले दिने रकम मध्येमा प्रदेश सरकारले थप २ लाख रुपैयाँ सहयोग गर्ने भएको हो । यस्तै प्रदेशले १६ वर्षमुनिका क्यान्सर पिडितको उपचारका लागि थप १ लाख रकम प्रदेश सरकारले दिनेभएको छ ।

यस्तै प्रदेशमा सञ्चालित सरकारी अस्पतालमा कोभिड संक्रमितको निशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको उनले बताएका छन् ।
स्थानीय तहमा सञ्चालित क्यारेन्टाइन तथा आइसोलेशन केन्द्र थप व्यवस्थीत गर्ने जिम्मा स्थानीय तहलाई दिने र कोभिड संक्रमितको उपचारमा संलग्न कर्मचारीलाई प्रोत्साहन भत्तालाई निरन्तरता दिएको उनले बताएका हुन ।

लुम्बिनी अस्पताललाई उत्कृष्ठ अस्पताल बनाउने तयारी गरी आगामी आवमा निर्माण सुरु गर्ने गरी २५ करोड छुट्टाईएको छ ।
सुत्केरी हुन नसकेर हवाई उद्धार गर्नुपर्ने अवस्थामा निशुल्क रुपमा उद्धारको व्यवस्था समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.