२०७८ असार ३ गते १७:०५ विकासन्युज
काठमाडौं । अडियोमा आधारित सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरी अधिकृतहरुको तस्वीर राख्नेहरुमाथि छानबिन भइहरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय चर्चामा आएको क्लब हाउसमा प्रहरी अधिकृतहरुको पोशाकसहितको तस्वीरलाई आफ्नो प्रोफाइल तस्वीर राख्नेहरु माथि प्रहरीले छानबिन तथा खोजतलास बढाएकाे हाे ।
अहिले क्लव हाउसमा उच्च पदस्थ प्रहरी अधिकृतका पोशाक सहितको तस्वीरलाई आफ्नो प्रोफाइल फोटो राख्नेहरु बढेका छन् । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य वरिष्ठ नेताहरुको तस्वीर प्रोफाइलमा राख्नेहरु पनि क्लव आउसमा धेरै भेटिने गरेका छन् । यस्तो कार्य गर्ने माथि प्रहरीले खोजतलासी बढाएको हो ।
सूचनाका लागि धन्यवाद ।
यस सम्बन्धमा आवश्यक छानबिन भईरहेको जानकारी गराउन चाहन्छौं ।
धन्यवाद, जय नेपाल ।— Nepal Police (@NepalPoliceHQ) June 17, 2021
सम्बन्धित सामग्री
Copyright © 2025 Bikash Media Pvt. Ltd.