२०७८ असार ६ गते १६:४८ विकासन्युज
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्दको रिटमा कारण देखाउन आदेश जारी गरेको छ । आइतबार न्यायाधीश डा. कुमार चुडालको इजलासले बोर्डले जोखिमयुक्त भन्दै कम्पनीको सूची सार्वजिनक गरेको विरुद्ध परेका रिटको पहिलो सुनुवाई गर्दै कारण देखाउ आदेश गरेको हो ।
अब बोर्डले के कारणले जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरिएकाे हाे त्यसकाे कारण देखाउनु पर्ने छ । सर्वोच्च अदालतले सो रिट माथि अन्तरिम आदेश भने जारी नहुने स्पष्ट पारेको छ ।
धितोपत्र बोर्डको विज्ञप्ति विरुद्दको रिटमा सुनुवाई सकियो
अधिवक्ता रविन बोहजु लगायतले सार्वजनिक गरिएको ५१ वटा कम्पनीको सूचीसहितको विज्ञप्ति बदर गर्ने माग गर्दै रिट दायर गरेका थिए । आज बिहान १० बजेका लागि तोकिएको पेशीमा सुनुवाई भई दिउँसो साढे २ बजे सुनुवाई सकिएको थियाे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.