आफ्नो चरित्र हत्या गरेकाे भन्दै ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी

  २०७८ असार १२ गते १६:४८     विकासन्युज

काठमाडौं । आफ्नो चरित्र हत्या गरेको भन्दै ९ अनलाइनविरुद्ध रूपा सुनारले उजुरी दिएकी छिन् । सुनारले प्रेस काउन्सिल नेपालमा आफ्नो चरित्र हत्या गर्ने अनलाइनविरुद्ध उजुरी दिएकी हुन् ।

कोठा खोज्दा भएको जातिय वेभदविरुद्ध बोल्दा आफुबारे भ्रामक समाचार लेखिएको उनले बताएकी छन् । उक्त अनलाईनहरुले आफ्नो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको उनी बताउँछिन् ।

उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित रुपमा उजुरी दिएका छन् ।

एक अनलाइनले रुपामाथि युरोपियन युनियनबाट डेढ करोड रुपैयाँ रकम खाएको आरोप लगाएको छ ।