२०७८ असार १३ गते १४:२० विकासन्युज
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ वासीले सडक विभागमा तालाबन्दी गरेका छन् । विगत लामो समयदेखि विभागले भत्काएको सडक पुनर्निमाण नगरेको भन्दै वडावासीहरुले विभागमा आज तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गर्ने बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराई सहित दर्जनौं सर्वसाधारणहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७२ सालमा टेण्डर भइसकेको बाटो आजसम्म नबनेको भन्दै उनीहरुले विरोध गरेका छन् । ‘बाटो पहिले पिच थियो, पिच भएको बाटो विस्तार र ढल हाल्ने भन्दै २०७२ मा भत्काइयो तर हालसम्म पिच गर्ने कुनै सुरसार छैन,’ वडाअध्यक्ष भट्टराईले भने ।
विभागलाई पटक पटक जानकारी गराउँदा पनि नसुनेको झैँ गर्ने गरेको उनीहरुको भनाई छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.