२०७८ असार १३ गते १७:२९ विकासन्युज
काठमाडाैं । निषेधाज्ञाकाे बारेमा छलफल गर्न बसेकाे उपत्यकाका तीनै जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले यसबारे भाेली निर्णय गर्ने भएकाे छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैठकले भाेली निषेधाज्ञा बारे निर्णय गर्ने बताएका छन् । उनले बैठकमा सार्वजनिक सवारीसाधन खुलाउने बारे छलफल भएकाे बताए । सार्वजनिक सवारीसाधनमा जाेरविजाेर प्रणाली लगाएर खुला गर्न सकिने उनले संकेत गरेका छन् ।
निजी सवारीसाधन र व्यापार/व्यवसाय सञ्चालनमा केही खुकुलो गर्दै पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिसम्म लागू हुनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.