२०७८ असार १५ गते ९:२६ विकासन्युज
काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न सुरु भएको छ । उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका हुन् ।
सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
लकडाउन खुकुलो गर्दै लैजाने क्रममा उपत्यकामा सार्वजनिक सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
२५ सिट क्षमताभन्दा माथिका सवारी साधन सञ्चालनको अनुमति दिएतापनि अन्य साना सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रोक लगाईएको छ ।
उक्त सवारी साधन बिहान ६ बजेदेखि साझँ ७ बजेसम्ममात्र सञ्चालन गर्न पाइनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.