टिभिएसको ‘साथ छ हाम्रो’ योजना सार्वजनिक, मोटर्साइकल तथा स्कुटर खरिदमा छुट

  २०७८ असार १८ गते १२:५८     विकासन्युज

काठमाडौं । टिभिएसले कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवन यापन सहज बनाउँदै अघि बढ्न ‘साथ छ हाम्रो’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटरको खरिदमा ८ हजार पक्कापक्की डिस्काउन्टको व्यवस्था गरेको छ । यस्तै, किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म शून्य प्रतिशत व्याजदरको समेत सुविधा ल्याएको जनाएको छ ।

साउन १ गतेदेखि नयाँ आर्थिक बर्ष लाग्दा कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको मूल्य बढ्ने सम्भावना उच्च रहेको भन्दै कम्पनीले पुरानै र सस्तो मूल्यमा नयाँ साधन किन्ने योजना ल्याएको हो ।

उक्त योजना कम्पनीका देशका रहेका टिभिएस स्वरुमहरुमा लागु हुने जनाईएको छ । जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.