कोरोनाको खोप लगाएका यात्रुलाई श्री एयरलाइन्सले छुट दिने

  २०७८ असार १८ गते १३:३४     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रको लगानीमा सञ्चालित श्री एयरलाइन्सले कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई विशेष छुट दिने घोषणा गरेको छ।

एयरलाइन्सले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहन गर्न भन्दै भाडामा १० प्रतिशत छुट दिने घोषणा गरेको छ।

कोरोनाको खोपका दुई डोज लगाएको कार्ड देखाएपछि यात्रुलाई भाडामा केही छुट दिइने एयरलाइन्सले जानकारी दिएको छ। यद्यपी कति प्रतिशछ छुट दिने भनेर एयरलाइन्सले खुलाएको छैन।

यसरी छुट पाउनका लागि एयरलाइन्सको टिकट बिक्री काउन्टरमा सम्पर्क गर्नुपर्ने छ। यसरी छुटको टिकट लिएका तथा खोप कार्ड भएका यात्रुले विमासन्थलमा चेकइनको समयमा पनि विशेष प्राथमिकता पाउने एयरलाइन्सले जानकारी दिएको छ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण रोकिएको आन्तरिक उडान करिव दुई महिनापछि बिहीबारबाट सञ्चालनमा आएको छ । कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट दैनिक १० वटा उडानको तालिका पाएको छ।

कम्पनीले दुईवटा सीआरजे–२००, दुई सीआरजे–७०० र दुई टर्बोप्रोप–क्यु–४०० लगायत ६ वटा जहाजमार्फत विभिन्न गन्तव्यमा आन्तरिक उडान सेवा दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.