माइक्राेसफ्टले जारी गर्याे सुरक्षा चेतावनी, तत्काल कम्प्युटर अपडेट गर्ने आग्रह

  २०७८ असार २४ गते १२:४३     विकासन्युज

काठमाडौं । सुरक्षा अनुसन्धाकर्ताहरुले अपरेटिङ्ग सिस्टममा जोखिम भेट्टाएपछि माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताहरुलाई तुरुन्त कम्प्युटर अपडेट गर्न आग्रह गरेको छ ।

अन्तराष्ट्रिय मिडिया बिबिसीको अनुसार प्रिन्टनाइटमेरको रुपमा परिचित उक्त सेक्युरिटी फ्लले विन्डोज प्रिन्ट स्पुल सर्भिसमा समस्या उत्पन्न गराउँदछ ।

साइबर सेक्युरिटी कम्पनी स्याङ्फोरमा रहेका अनुसन्धानकर्ताहरुले गल्तीले यसलाई कसरी प्रभावित पार्ने भनी सूचना नै प्रकाशित गरेको थियो जसलाई उनीहरुले तत्काल हटाएका थियो । जसले गर्दा ह्याकरहरुलाई य

अनुसन्धानकर्ताहरुले गएको मे महिनाको अन्तिममा धेरै प्रयोगकर्ताहरुले प्रिन्टरमा पहुँच गर्न सक्ने हुनाले प्रिन्ट स्पुलरमा समस्या भएको भन्दै अपडेट गर्न सबैलाई आग्रह गरेको थियो ।

ह्याकरले यस मार्फत तपाईको कम्प्युटरमा प्रोग्राम इन्स्टल गर्न, डाटा हटाउने र नयाँ अकाउन्टहरु बनाई तपाईको कम्प्युटर पुर्ण रुपमा क्षति गर्न सक्नेछन् ।

यो समस्या दुवै विन्डोज १० र विन्डोज ७ मा देखिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.