२०७८ असार २७ गते ९:५५ विकासन्युज
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको खोपका लागि कोही पनि तडपिनु नपर्ने बताएका छन् ।
आइतबार कोभिड – १९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले नेपालीलाई अब खोपको अभाव नहुने बताएका हुन् ।
‘भ्याक्सिन हामीले उपलब्ध गराएका छौं, भ्याक्सिन आइराख्या छ । हिजो कि अस्तीको दिन पनि भ्याक्सिन आयो, भोलि पनि भ्याक्सिन आउँछ । त्यसपछि पनि निरन्तर भ्याक्सिन आउँछन् । भ्याक्सिन ल्याउने र जनतालाई उपलब्ध गराउने र गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँ नयाँ सम्झौताका लागि सहमतिका प्रयास गरिराखेका छौं,’ उनले भने ।
२०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको पनि उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.