अर्थमन्त्रीलाई राष्ट्रियसभामा बजेट भाषण गर्न लगाइयोस्: वामदेव

  २०७८ असार २७ गते १४:२०     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा आएर बजेट भाषण गर्नुपर्न बताएका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यसका लागि नियम(कानून सच्याउनुपर्ने भए त्यसमा हिच्किचाउनु नहुने पनि बताए ।

‘अर्थमन्त्रीले बजेट भाषण गर्नुभयो, तर कहाँ गर्नुभयो थाहा छैन । राष्ट्रियसभामा गरेको भए के हुन्थ्यो ? यदि संविधान र नियम-कानूनले रोक्छ भने त्यो बदलौं । राष्ट्रियसभा संघीय सांसदको अंग हो । प्रतिनिधिसभा नभएको बेला राष्ट्रियसभामा बजेट प्रस्तुत गर्ने व्यवस्था मिलाइयोस्,’  गौतमले भने ।

उनले अर्थमन्त्रीले राष्ट्रियसभामा बजेट भाषण गरेर मात्र पारित गर्दा राम्रो हुने बताएका छन् ।