खाेप खरिदकाे लागि अर्थ मन्त्रालयले दियाे ५ अर्ब रुपैंया निकासाको स्विकृति

  २०७८ असार ३० गते १२:३३     विकासन्युज

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री जनारदन शर्माले खाेप खरिदकाे लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति दिएका छन् । मन्त्री शर्माले बुधबार पदबहाली पछि खाेप खरिदकाे लागि स्विकृति दिएका हुन् ।

शर्माले सरकारकाे प्राथमितकता खाेपमा रहेकाे बताएका छन् । मंगलबार उनी अर्थमन्त्री पदमा नियुक्त भएका हुन् । शर्मालाई देउवाले अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।

सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.