कोरोनाको खोप विक्री वितरण गर्नेलाई कारवाही

  २०७८ असार ३० गते १२:५८     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसविरुद्धको खोपको विक्री वितरण गर्नेलाई कारवाही हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप किनबेच गरेकाे पाइएमा कारबाही हुने जनाएको हो ।

सरकारले नै खोपको व्यवस्था गर्न लागेको भन्दै खोपको बिक्री वितरण गर्ने तयारी गरेको भन्दैअवैध रूपमा बेच्ने र किनेर लगाइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोनाविरुद्धको खोप कहीँ कतै बेचबिखन भइरहेको थाहा पाएको खण्डमा स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा खबर गर्न समेत सबैमा मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.