२०७८ असार ३० गते १६:१९ विकासन्युज
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले सार्वजनिक यातायातकाे भाडा बढाएर बाहिरिएकाे छ । उनी नेतृत्वका निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सार्वजनिक यातायातको भाडा बढाएर मन्त्री पदबाट बाहिरिएका हुन् । उनी सार्वजनिक यातायातको भाडा बढाउएर मंगलबार मन्त्री पदबाट बाहिरिएका हुन् ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ । विभागले सार्वजनिक गाडीमा २८ प्रतिशतले भाडा बढेको बताएको छ । असार २७ गते यातायातमन्त्री नेम्वाङको मन्त्रीस्तरको सहमतिका आधारमा भाडा बढाइएकाे सूचनामा उल्लेख छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत भाडा बढेको छ । तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि गरिएको छ ।
पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको उल्लेख बताएकाे छ । नयाँ भाडादर असार २९ गते अर्थात भोलीदेखि लागू हुनेछ ।
सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, हसकट्टी र सञ्चालन मुनाफा लगायतका मूख्य सूचकहरु हेरेर भाडा बढेकाे बताइएकाे छ ।
उनले नेपालको संविधान २०७२ को अनुसूची ५ को बुँदा नम्बर २० र अनुसूची ९ को बुँदा नम्बर १५ का आधारमा सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यायायात रुटमा सञ्चालन हुने) भाडादर समायोजन गरिएको जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.