भेरोसिल खोप लिएर गोरखाको चुमनुब्री पुगे गण्डकीका मुख्यमन्त्री

  २०७८ साउन १ गते १२:०८     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली आज भेरोसिल खोप लिएर गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेका छन । उक्त गाउँपालिकाका लागि चाहिने तीन हजार खोप लिएर टोली हेलिकप्टरबाट त्यसतर्फ गएको हो ।

सो गाउँपालिकाका लागि तीन हजार ५०० खोप आवश्यक रहेकामा यसअघि नै ५०० जनाले खोप लगाइसकेका छन् । सो अवसरमा मुख्यमन्त्री नेपालीले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन समेत गरिसकेको जानकारी दिए ।

सङ्घीय सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लामा पठाइएको र प्राथमिकताका आधारमा उपलब्ध गराउन मुख्यमन्त्री नेपालीले निर्देशन दिएका छन। भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकामा पठाएर खोप लगाउने गरिएको छ ।

अहिले चुमनुब्री पठाइएको खोप तीन हजारलाई नै उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पु¥याउने जनाइएको छ ।

माउन्टेल चाइल्ड संस्थाको सहयोगमा हेलिकप्टरमार्फत खोप चुमनुब्री पु¥याइएको हो । हेलिकप्टरले पालिकाका सातवटै वडाको केन्द्रमा खोप छाड्ने छ ।

बर्खायाममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.