२०७८ साउन १ गते १४:३४ विकासन्युज
काठमाडौं । सामाजिक सुरक्षा कोषमा एसबिआई बैंक पनि आवद्ध भएको छ । कोषका अनुसार एसबिआई बैंक असार मसान्तमा कोषमा आवद्ध भएको हो । हालसम्म ९ वटा वाणिज्य बैंक आवद्ध भएकोमा ३ वटाले मात्र योगदान गर्न (रकम जम्मा) सुरु गरेका छन् । यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आवद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको हाे ।
यस्तै, कोषमा ३ वटा विकास बैंक, १३ वटा फाइनान्स कम्पनी, ४६ वटा लघुवित्त, ३४ वटा बीमा कम्पनी आवद्ध भएका छन् । आवद्ध भएका रोजगारदाता मध्ये अधिकाशं रोजगारदाता कम्पनीले रकम जम्मा गरेका छैनन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा साढे दुई लाख योजदानकर्ता आवद्ध भएका छन् । कोषको तथ्यांक अनुसार असार मसान्तसम्म कोषमा १४ हजार ८८६ रोजगारदाताबाट २ लाख ६७ हजार १ सय योगदानकर्ता आवद्ध भएका हुन ।
जसमा प्रदेश नम्बर १ मा एक हजार ८६० रोजगारदाताका २८ हजार ३७१ जना योगदानकर्ता, प्रदेश २ मा ६२२ रोजगारदाताबाट १६ हजार ७७० जना योगदानकर्ता, बागमती प्रदेशमा दश हजार ८१ रोजगारदाताबाट १ लाख ९९ हजार १३७ योगदानकर्ता र गण्डकी प्रदेशमा ६७१ रोजगारदाताबाट दश हजार ६८४ योगदानकर्ता आवद्ध भएका हुन ।
यस्तै, लुम्बिनी प्रदेशमा १ हजार २७३ रोजगारदाताबाट १० हजार २४८, कर्णालीमा १७३ रोजगारदाताबाट ८०८ जना र सुदुरपश्चिममा २०३ रोजगारदाताबट १ हजार ८२ जना योगदानकर्ता आवद्ध भएका हुन ।
कोषले हालसम्म औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तरगत २ हजार ३२६ जनालाई ४ करोड ३९ लाख ९३ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तरगत ९७ जनालाई २९ लाख ५१ हजार, आश्रित परिवार सुरक्षा योजना अन्तरगत ४२ जनालाई ५१ लाख १२ हजार
बृद्ध अवस्था सुरक्षा योजना अन्तरगत १ हजार १२० जनालाई ८ करोड ४९ लाख १६ हजार गरी ४ शिर्षकमा कोषले ३ हजार ५८५ जनालाई १३ करोड ६९ लाख बढी रकम दाबी भुक्तानी गरेको छ ।
कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो । आजबाट आवद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ । नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए।
Copyright © 2025 Bikash Media Pvt. Ltd.