२०७८ साउन १ गते १३:३५ विकासन्युज
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने बताएका छन् । आज (साउन १ गते) पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।
देशको वर्तमान आर्थिक स्थितिको वास्तविक जानकारी दिन अर्थमन्त्री शर्माले श्वेतपत्र जारी गर्ने घोषणा गरेका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बाहिरिएर नयाँ सरकार बनेसँगै उनले स्वेतपत्र जारी गर्ने बताएका हुन् ।
यस अघि अर्थमन्त्री बन्दा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि स्वेतपत्र जारी गरेका थिए । उनले जारी गरेको स्वेतपत्रमा उल्लेख विभिन्न सूचकको कारण उनी आलोचित समेत बन्न पुगेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.