२०७८ साउन १ गते १४:४० विकासन्युज
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरु गरेको छ ।
कुल ८० करोड १ लाख रुपैयाँ चुक्ता पुँजि रहेको संस्थाले हाल ११ वटा शाखा तथा ४ वटा एक्सटेन्शन काउन्टरवाट सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय कम्पनीले शाखा कार्यालय विस्तार गरिरहेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९ को महामारीकाबीच नयाँ शाखाको रुपमा बरहथवामा शाखा विस्तार गरिएको बताए । उनका अनुसार उक्त नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराईनेछ ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवा प्रवाह गर्दै आएको प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।
फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप पाँच वटा शाखा तथा दुईवटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.